सूचनाको शक्ति - The Power Of Information

        

सेक्सपछि पिसाब गर्नु अनिवार्य !

के तपाईलाई थाहाँ छ, सेक्सपछि पिसाब गर्नुपर्छ भन्ने ? यदि थाहा छैन भने जानी राखौ सेक्सपछि पिसाब गर्नु स्वास्थ्यको दृष्टिकोणले उचित मानिन्छ । जसले तपाईलाई निकै फाइदा समेत पुर्याउँछ ।

उसो भए के सेक्सपछि पिसाब गर्नु अनिवार्य नै हो त ? सेक्सपछि पिसाब गर्नु नराम्रो कुरा होइन । यसले तपाईलाई धेरै लाभ भने अवश्य प्रदान गर्दछ । तर, यो अनिवार्य नै छ भन्ने चाहिँ होइन ।

के हुन्छन् त यसबाट फाइदाहरु ?

पिसाब संक्रमणको रोकथाम – विज्ञहरुले जनाए अनुसार सेक्सको करिब ३० मिनेटभित्र व्यक्तिले पिसाब गरेमा यसबाट व्यक्तिले स्वास्थ्यमा लाभ प्राप्त गर्न सक्छन् । सेक्सका क्रममा योनीमार्ग हुदै आएको केहि ब्याक्टेरियाको मात्रा तपाईको पिसाब नलीमा पनि गएर अड्किन्छ ।

र, त्यो मुत्रमार्ग हुदै मुत्राशयमा पनि प्रवेश गर्छ । जसबाट व्यक्तिमा पिसाब इन्फेशनको सम्भावना रहन्छ । तर, पिसाब गरेको खण्डमा यसले तपार्यको मुत्रनलीमा भएको ब्याक्टेरियालाई फ्लस गर्न मद्दत गर्दछ ।

यस विषयमा बोल्दै युरोगाइनेकोलोजिस्ट तथा वेल कर्नेन मेडिसिन एण्ड न्युयोर्क प्रिस्बिटेरियनका सहायक प्रोफेसर डा. तानाका ड्युन भन्छन्, ‘यसले पिसाब इन्फेक्शनको पुर्ण रोकथाम गर्छ भन्ने कुनै प्रमाण हालसम्म रहेको छैन । यद्यपि यो पिसाब इन्फेक्शनको समस्याबाट बच्न सकिने एक उपाय चाहिँ पक्कै हो ।’

गर्भधारणको रोकथाम – केहि अध्ययनले सेक्सपछि गरिएको पिसाबले महिलाको योनिमा रहेको वीर्यलाई समेत पखाल्ने भएकोले यसले महिला गर्भवति हुने सम्भावनालाई केहि हदसम्म भएपनि घटाउँछ भन्ने तथ्य सार्वजनिक गरेको छ ।

सेक्सपछि पिसाब गर्नु शतप्रतिशत गर्भधारणबाट छुटकारा पाउने उपाय नभएता पनि यसले केहि हदसम्म उक्त सम्भावनालाई कम गराउने भएकोले यसलाई गर्भधारण रोक्न अपनाईने प्राकृतिक उपाय पनि मानिन्छ ।

यौन प्रसारित रोगको रोकथाम – सेक्सपछि पिसाब गर्नाले हुने अर्काे फाइदा भनेको यौन प्रसारित रोगबाट बचाउनु पनि हो ।

असुरक्षित यौनसम्बन्ध कायम पछि व्यक्तिमा लागेको यौन संक्रमण अथवा यौनरोग एकबाट अर्काेमा सर्ने भएकोले यसको जोखिम कम गराउनको लागि भएपनि सेक्सपछि पिसाब गर्नु आवश्यक छ । जसले यौनांगमा प्रवेश गरेको ब्याक्टेरियालाई पखाल्न मद्दत गर्दछ ।

यद्यपि यो यौन प्रसारित रोगबाट बच्ने शतप्रतिशत उपाय नभएकाले विज्ञहरुले एकसंग मात्रै सुरक्षित यौनसम्बन्ध कायम राख्न वा अनिवार्य रुपमा कन्डमको प्रयोग सल्लाह दिंदै आएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार १५:०२