धार्मिक भक्तजन
उसको लक्ष्य चुकाउन आए
लक्ष्य भेदन नहोस भनी
किनकि उसको नाम अर्जुन थियो
र लक्ष्य चुकाउन खोज्ने
उफ्रिरहेका थिए
मानौँ कुनै द्रौपदी आफ्नो वरमाला हातमा लिएर
उसलाई पहिराउन पर्खिरहेकी थिइन्
मानौँ कुनै महादेव
उसको निशाना देखेर पाशुपतास्त्र दिन पर्खिरहेका छन् ।
उसको साहित्यको विश्लेषण गर्न तत्पर भएर
उसको निशाना हेरिरहेका थिए ।
उनीहरूले उसको सपना चुकाउन तल्लीन भए
तर उनीहरुलाई नै अर्जुन चाहिएको थियो
सायद कृष्ण बनेर गिताको उपदेश सुनाउन ।
उसले प्रश्न गर्यो
‘आफ्नो कर्म गरेर के पायौं ?’
न त मनको शान्ति
न त कुनै फल
बेकारको कर्म गरेर
अरुलाई समयमा हानी पुर्यायौं ।
उसको लेखलाई बेकारको भन्ने नै पर्खिएर बसे
उसको लेख सर्वप्रथम पढ्न ।
आफ्नो समय कटाउन आएका
उक्त भक्तजनलाई
उसले संसार देखायो
आफ्नो समय आफै काट्न दिनलाई ।
अर्जुन दाहाल । काठमाडौं