सूचनाको शक्ति - The Power Of Information

        

बंगलादेशको ढाकास्थित व्यापारिक भवनमा विष्फोट, १७ को मृत्यु

बंगलादेशको व्यावसायिक भवनमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

घटनामा डेढ सय भन्दा बढी घाइते भएका छन् ।

पुरानो ढाकाको सिद्दिकी बजारमा रहेको उक्त पाँच तले भवनमा बिस्फोट हुँदा नजिकैका अन्य भवनहरुमा समेत क्षति पुगेको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्छ ।

यसैबीच, बंगलादेशमा एकै रातमा १२ वटा मन्दिरमा तोडफोड भएको छ । ठाकुरगाउँ जिल्लाको बलियाडाँगीस्थित सडक छेउमा रहेका १२ वटा मन्दिरमा तोडफोड गरिएको हो । मन्दिरमा रहेका १४ वटा मूर्ति सडकमा फालिएको छ ।

घटनामा संलग्न केहीलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार ०८:२६