पहाडी क्षेत्रमा सोमबार मनाइएको होली आज (मंगलबार) तराई–मधेसमा मनाउने क्रम जारी छ । होली रंगहरुको पर्व । होली खेलिसकेपछि पनि रंगको असर भने केही दिनसम्म रहन्छ ।
खास गरेर विभिन्न प्रकारका रंगहरुले छालालाई असर गर्छ । होली खेल्दा प्रयोग गरेको विभिन्न किसिमका रंग र इनामेलका कारण तपाईको अनुहारको वास्तविक चमक उडेको हुनसक्छ । अनुहारको छाला निकै संवेदनशील हुन्छ ।
यस्तै होलीमा प्रयोग गरिएको गुणस्तरहीन रंगमा विभिन्न किसिमको केमिकलहरु मिलाइएको हुन्छ । जसले शरीरको छाला तथा अनुहारमा समस्या आउन सक्छ ।
होलीको रंगले हुनसक्ने असर
- एलर्जी हुने ।
- पानीको फोका आउने ।
- छाला पत्र–पत्र भएर निस्किने ।
- आँखा तथा मुख सुन्निने ।
- छाला पोल्ने समस्या देखिन सक्छ ।
होली खेलेपछि छालाको हेरचाह यसरी गरौं
- रंग तथा इनामेल लगाएको छ भने घाममा धेरै समय बस्नु हुँदैन ।
- होली खेलिसकेपछि साबुनपानीले राम्रोसँग धुनुपर्छ ।
- अनुहारमा रंग तथा इनामेल धेरै समय नराख्ने ।
- रंग मेट्दा कपडा वा कुनै वस्तुले रगड्नु हुँदैन ।
- रंग नमेटिएमा मोस्चलाइजर क्रिमको सहायताले विस्तारै मेट्न सकिन्छ ।
- रंगका कारण छाला पोल्ने समस्या देखिएमा मोस्चलाइजर क्रिम लगाउनुपर्छ ।
- रंगका कारण एलर्जी हुने, छाला रातो हुने पोल्ने फोका आउँने समस्या देखिएमा छालारोग विशेषज्ञ चिकित्सकको परार्मशमा औषधि उपचार गर्नुपर्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं