सूचनाको शक्ति - The Power Of Information

        

मिथिला क्षेत्रमा होली भोलि मनाइने

तराईका धेरैजसो ठाउँमा आज होली मनाउन थालिए पनि मिथिला क्षेत्रमा भने भोलि मात्रै मनाइने भएको छ ।

१५ दिने मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट होली मनाउने चलन रहेको छ ।

यस्तै, कतिपयले मङ्गलवार बार्ने गरेकाले आज होली नमनाइ भोलि होली मनाउने भएका हुन् । मङ्गलवार माछामासुको परिकार पकाउन र खान नहुने भन्दै कतिपयले भोलि होली मनाउँदै छन् ।

मिथिला क्षेत्र बाहेकका ठाउँमा भने आज धुमधामका साथ होली मनाइँदै छ । हिजो हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार ०८:१०