सूचनाको शक्ति - The Power Of Information

        

सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, ‘सबै पारामिटर सामान्य’

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । खाना पकाउने ग्यास लिक भएपछि भएको आगलागीबाट घाइते भएका डा.भण्डारीको स्वास्थ्य सामान्य हुँदै गएको पारिवारिक स्रोतले बताएको छ ।

चिकित्सकहरूका अुनसार भण्डारीको सबै पारामिटर सामान्य छन् । भण्डारीको उपचारमा सहयोग गर्नका लागि उनका दाइ मिनप्रसाद भण्डारी मुम्बईमा छन् । उनले उपलब्ध गराएको जानकारी अनुसार डा.भण्डारीलाई ज्वरो आएको छैन र आज ड्रेसिङ गरिनेछ । अस्पताल प्रशासन र डाक्टरहरुले भेटघाटमा कडाईका साथ प्रतिवन्द्ध लगाएको उनले बताएका छन् ।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भएको थियो । ग्यास लिक भएपछि भएको आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते कीर्तिपुर अस्पतालमा निधन भएको थियो । सोही दिन सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार १२:४७