सूचनाको शक्ति - The Power Of Information

        

हाेली पर्व: राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले दिए शुभकामना

फागु पूर्णिमा अर्थात हाेली पर्वकाे अवसरमा साेमबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालका साथै राजनीतिक दलका शीर्ष नेताहरुले समेत शुभकामना दिएका छन् ।

राष्ट्रपति भण्डारीले हाेली पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरुलाई निर्मूल गर्ने बताउनुभएकाे हाे । यस पर्वले मौलिक संस्कृतिहरुको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने समेत बताउनुभयाे ।

त्यस्तै प्रधानमन्त्री दाहालले पनि देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्व रहेको बताउनुभएकाे छ । हाेली पर्वले यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरुले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्ने बताउनुभयाे ।

सरकारले सोमबार पहाडी भेगमा सार्वजनिक बिदा समेत दिएको छ । तराईमा भने यो पर्व मंगलबार मात्रै मनाउने गरिन्छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार ०८:२१