सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रहरीका २२ डिआइजीको सरुवा, सिआइबीमा खड्का


काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका २२ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरूको सरुवा तथा पदस्थापन गरेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा डिआइजी मनोज नेउपानेले जिम्मेवारी पाएका छन् । आयुक्तको कार्यालय सबैभन्दा आकर्षक मानिन्छ ।
प्रहरीको एकेडेमीमा पुष्कर कार्कीको सरुवा भएको छ । कार्की यसअघि सिआइबीमा थिए । कार्य विभागमा छविलाल जोशी, अपराध अनुसन्धान विभागमा धिरु बस्न्यात र मानवस्रोतमा ज्ञानविक्रम शाहको सरुवा भएको छ । सिआइबीको जिम्मेवारी नारायणसिंह खड्काले पाएका छन् ।
विशेष ब्यूरोमा पिताम्बर अधिकारी र त्रिभुवन विमानस्थलमा कमल जिटीलाई पदस्थापन गरिएको प्रहरी मुख्यालयले जनाएको छ । प्रदेश १ को प्रमुखमा केदार रिजाल, प्रदेश २ मा दिनेश अमात्य, प्रदेश ३ मा दीपककुमार थापा, प्रदेश ४ मा दानसिंह बोहरा, प्रदेश ५ मा शेरबहादुर बस्नेतको सरुवा भएको छ । प्रदेश ६ मा सुरेशविक्रम शाह र प्रदेश ७ मा शरद चन्दले जिम्मेवारी पाएका छन् । ट्राफिक महाशाखाको प्रमुखमा एसएसपी बसन्तकुमार पन्तको सरुवा भएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७५, शनिबार ०४:३५