सूचनाको शक्ति - The Power Of Information

        

उपभोक्ताको भान्सामा विषादीको भारी

Mixed Tropical Fruits and vegetables

आम उपभोक्ताको जीवनमाथि गम्भीर खेलबाड हुने गरी तरकारीमा विषादी प्रयोग भएको फेला पारेको छ ।

केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईले कालिमाटीमा आउने तरकारीमा परीक्षण गर्दा केहीमा ९९ प्रतिशतसम्म विषादीको अवशेष फेला परेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिभित्र यो प्रयोगशाला छ । विभिन्न जिल्लाबाट काठमाडौं भित्रिने हरियो सागदेखि गोलेभेंडा, काउलीलगायत अधिकांश तरकारी परीक्षण गर्दा विषादीका अवशेष पाइएको हो ।

सरकारको मापदण्डअनुसार ३५ प्रतिशतसम्म विषादीको अवशेष देखियो भने त्यसलाई उपभोग गर्न मिल्छ । यसैगरी, ३५ देखि ४५ प्रतिशत विषादीको अवशेष देखिए केही दिन राखेर उपभोग गर्न सकिन्छ ।

तर, ४५ प्रतिशतभन्दा बढी विषादीको अवशेष देखियो भने खान नहुने अर्थात फाल्नु पर्ने मापदण्ड कायम छ ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार ०७:५२