सूचनाको शक्ति - The Power Of Information

        

नेकपा एमाले र नेकपा माओवादी केन्द्र भंग !


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्र भंग भएको घोषणा गरेका छन् । दुवै पार्टीको बालुवाटारमा जारी संयुक्त केन्द्रीय समिति बैठकमा ओलीले पार्टी विघटनको औपचारिक घोषणा गरेका हुन् ।
एकता प्रक्रियामा रहेका दुवै दलले यसअघि छुट्टाछुट्टै बैठकबाट आ–आफ्नो पार्टी विघटन गरेका थिए । संयुक्त बैठकपछि निर्वाचन आयोगमा नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई दर्ता गराउने तथा राष्ट्रिय सभागृहमा एकताको औपचारिक घोषणा गर्ने तयारी छ । पार्टी एकीकरणपछि आज साँझ बालुवाटारमा भोजको कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार १०:५९