दोस्रो कार्यकालको सुरुवातमा प्रदेश नम्बर १ को नाम कोसी प्रदेश नामकरण भएको खुसीयालीमा बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको छ ।
कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रालयले प्रदेश १ को नाम कोसी राखिएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदा घोषणा गरेको हो ।
बुधबार भएको मतदानमा कोसी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत खसेको थियो ।
सत्यपाटी संवाददाता । काठमाडौँ