सूचनाको शक्ति - The Power Of Information

        

गठबन्धन फेरिएपछिको संसद

प्रतिनिधिसभा : कांग्रेस र एमाले दुबै प्रतिपक्षको कुर्सीमा !

प्रतिनिधिसभाको आज बस्ने बैठकमा नेकपा एमाले र नेपाली कांग्रेस दुवै प्रतिपक्षको कुर्सीमा बस्ने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेस र विश्वासको मत फिर्ता लिएका एमाले दुबै प्रतिपक्षको बेञ्चमा बस्ने भएका हुन् ।

सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सामेल नभएसम्म प्रतिपक्षीको कुर्सीमा बस्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

सरकारलाई विश्वासको मत दिएकाले कांग्रेस प्रतिपक्षमा बस्न नपाउने भन्दै सर्वोच्च अदालतमा मुद्धा परिरहेको बेला कांग्रेस आजको बैठकमा पनि प्रतिपक्षको कुर्सीमा नै बस्न लागेको हो ।

उता, प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन र सरकारबाट बाहिरिएसँगै एमाले पनि प्रतिपक्षमा बस्न लागेको हो । त्यसका लागि एमालेले संसद सचिवालयमा पनि जानकारी गराइसकेको छ ।

आसन्न राष्ट्रपति निर्वाचनको विषयमा दलहरुबीच सहमती हुन नसकेपछि पुस १० गतको गठबन्धन भत्किएको छ । प्रधानमन्त्री प्रचण्डले सात दलिय गठबन्धन फुटाएर पुरानो गठबन्धन ब्युँताएपछि नेकपा एमाले सरकारबाट बाहिरिएको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार ११:४४