सूचनाको शक्ति - The Power Of Information

        

अर्थतन्त्र नाजुक, रकमान्तर गरेर अनावश्यक खर्च गर्दै सरकार

सोमबारमात्र राजीनामा दिएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व नउठेपछि बजेट कटौतीको घोषणा गरेको धेरै भएको छैन् ।

अर्थमन्त्री पौडेलले गत वर्षको जति पनि राजस्व असुली नभएको भन्दै अहिलेसम्म खर्च भएर बाँकी रहेको मध्येबाट २० प्रतिशत चालू खर्चको बजेट कटौती गरे ।

चालू खर्चमा मात्र होइन, सुरु नभएका कतिपय योजनाहरु यो वर्षका लागि स्थगित गरिए भने कतिपय आयोजनाको केही प्रतिशत बजेट रोक्का गरियो ।

आम्दानी नै नभएपछि सरकारले खर्चमा कैंची लगाउनु स्वाभाविक थियो र त्यसैअनुसार अर्थमन्त्री पौडेलले निर्णय गरेका थिए । मन्त्री पौडेलले बजेट कटौतीसँगै करारका कर्मचारी कटौती गर्ने पनि तयारी गरेका थिए ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार ०७:२२