सूचनाको शक्ति - The Power Of Information

        

बजेटमा घोषित आर्थिक कार्यक्रमको प्रगति शून्य

बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमका ६३ वटा बुँदामध्ये ३६ वटाको प्रगति शून्य देखिएको छ ।

नेपाल उद्योग परिसंघसँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अध्ययनले आर्थिक क्षेत्रहरुसँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश बजेटका नीति तथा कार्यक्रममा प्रगति नभएको देखिएको हो ।

यस अध्ययनअनुसार बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी ६३ वटा कार्यक्रममध्ये झण्डै आधा ३६ वटा कार्यक्रमको प्रगसति शून्य देखिएको छ ।

बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक भूमिका निर्वाह गर्दै अर्थतन्त्र लाई चलायमान बनाउन सघाउने उद्देश्यले परिसंघले सेजनसँगको सहआयोजना र पाायेनियर ल एसोसिसिएट्ससँगको बौद्धिक साझेदारीमा ‘सीएनआई बजेट वाच’ कार्यक्रम सुरू गरेको थियो ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार ०६:५१