सूचनाको शक्ति - The Power Of Information

        

पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने

बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने  जानकारी दिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतवार १८:३२