सूचनाको शक्ति - The Power Of Information

        

थप १ जनामा कोरोना संक्रमण पुष्टि

 पछिल्लो २४ घण्टामा देशभर थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ८ सय २२ जनाको नमूना परीक्षण गरिएको थियो । ९१ जनाको पीसीआर र ७ सय ३१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार देशभर २ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । ७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार १६:५२