राष्ट्रपतिको उम्मेदवारमा आफूलाई सर्वसम्मत प्रस्ताव गरेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई कांग्रेसले न्याय गरेको बताएका छन् ।
‘नेपालको संविधानको भावना र मर्मलाई अँगल्दै संघीय समावेसी लोकतन्त्रलाई संस्थागत गर्दै राष्ट्रपतिको संविधानको रक्षकको हौसियतको जिम्मेवारी लिँदैछु,’ कांग्रेस केन्द्रीय सम्पादन बैठकपछि पौडेलले भने ।
उनले प्रथम चरणमा नेपाली कांग्रेसबाट प्रेरणा पाएको बताए । ‘नेपालको संविधानले नेपाली जनतालाई अभूतपूर्व अधिकार सबै जनतालाई अहिले प्रदान गरेको छ । यसको रक्षा र संरक्षण अहिलेको आवश्यकता हो । यो अभिभारा मलाई आउन लागिरहेको छ । यसप्रति म सचेत छु ।’
पार्टीले न्याय गरेको हो तपाईलाई ? भन्ने प्रश्नमा पौडेलको जवाफ थियो, ‘सबै पार्टीले ममाथि सद्भाव राखेका छन् सहानुभूति राखेको पाएँ ।’ कांग्रेसको कार्यसम्पादन समिति बैठकले वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
शनिवार बसेको केन्द्रीय कार्यसम्पादनको बैठकले पौडेललाई राष्ट्रपतिको निर्णय गरेको हो । पौडेल ८ दलीय गठबन्धनका तर्फबाट उमेदवार हुनेछन् । पौडेलले दिउँसो २ बजेपछि मनोनयन गर्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ । यसका लागि गठबन्धनका नेताहरु पौने १ बजे संसद भवन नयाँ बानेश्वरमा जम्मा हुने कार्यक्रम रहेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं