सूचनाको शक्ति - The Power Of Information

        

सरकारबाट बाहिरिँदै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । मुलुकको परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल गर्न राप्रपाले बोलाएको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रपति निर्वाचनका विषयमा शुक्रबार बसेको सत्ता साझेदार नेकपा माओवादी केन्द्रसहित ८ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई जिताउने निर्णय गरेपछि वर्तमान सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको हो । राप्रपाले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय यसअघि नै गरिसकेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार १०:२८