सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

उखान

आफुले बोलेको शब्दको अर्थ,
तात्पर्य र बोलीप्रतिको उत्तरदायित्व नभएका हुलेले
उसलाई समस्या घोषणा गरे
अनि उसको हल निकाल्न तल्लीन भए
आफ्नो मनगणन्त सोचाइले
उनीहरूले सोचेर अधिक परिश्रम गरे
उसले मतलब गरेन ।
उ कस्तो समस्या हो,
घरको, समाजको, देशको
या सारा विश्वको
यो प्रश्नको जवाफ कसैसँग थिएन ।
उ घरको समस्या भए परिवारले हल गर्नुपर्थ्यो
उ समाजको समस्या भए
समाजले हल गर्नुपर्थ्यो
उ देशको समस्या भए
देशले हल गर्नुपर्थ्यो
उ सुरक्षाको समस्या भए
सुरक्षा निकायले हल गर्नुपर्थ्यो
उ प्रशासनको समस्या भए
प्रशासनले हल गर्नुपर्थ्यो
उ राजनीतिको समस्या भए
राजनीतिले हल गर्नुपर्थ्यो
उ कानुनको समस्या भए
कानुनले हल गर्नुपर्थ्यो
उसले यही प्रश्न सोधेपछि
हुलले उसलाई समस्या होइन
समाधान घोषणा गर्यो
उसले पुन प्रश्न गर्यो
कुन समस्या,
कस्तो समस्याको समाधान
हुलमा स्तब्धता छायो ।
अनि बोल्यो उभित्रको ईश्वर
‘अर्थ न बर्थ गोविन्द गाई ।’

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार ०९:२३