सूचनाको शक्ति - The Power Of Information

        

इजिप्टको मिन्यामा पुरातन युगका चिहानहरू फेला

माथिल्लो इजिप्टको मध्य प्रान्त मिन्यामा रोमन, पर्शियन, बाइजान्टिन र कप्टिक युगका ३२ वटा चुनढुङ्गा चिहान फेला परेकाे छ।

संयुक्त इजिप्टियन स्पेनिस पुरातात्विक मिसनले चिहान फेला पारेकाे हाे।

‘माथिल्लो इजिप्टको इतिहासको बारेमा रहस्यहरू खोतल्नका लागि यो खोज अत्यन्तै महत्त्वपूर्ण छ,’ पुरातन वस्तुहरूको सर्वोच्च परिषद्का अध्यक्ष मुस्तफा वजिरीले भनेका छन्।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ – ‘रोमन-युगका चिहानहरूमा कुनै ढक्कन वा पाण्डुलिपिहरू भेटिएनन् जबकि कप्टिक-युगहरूकामा भने आयताकार प्वालहरू भेटिएका र माटाका थुप्रै टुक्राहरू फेला परेका थिए।’

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार ०८:४७