सूचनाको शक्ति - The Power Of Information

        

२०७९ फागुन १२ गते, कस्तो छ तपाईको राशिफल ?

२०७९ फागुन १२ गते, शुक्रवार, २४ फेब्रुअरी २०२३ । फाल्गुण शुक्लपक्ष पञ्चमी तिथि । रेवती नक्षत्र, ८ः२३ बजेपछि अश्विनी । चन्द्रराशि– मीन, ८ः३३ बजेपछि मेष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ । बिछोडिएका आफन्तजन भेटिनेछन् । सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम हातपार्न सफल भइनेछ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । आकर्षक उपहार पनि प्राप्त हुन सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

भैपरी आउने समस्याले खर्च बढाउन सक्छ । सञ्चित रकम अरूका हातमा जानाले अर्थअभाव देखापर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । लोभ देखाउनेहरूले फसाउन सक्छन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला । ऋणभार पनि बढ्न सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अनुभव देखाएर नयाँ काम हातपार्ने समय छ । प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । भेटघाटले उत्साह जगाउनेछ । मिहिनेतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउन सक्छ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । कर्मप्राप्तिको समय छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

धेरै उपलब्धि नभए पनि सम्भावना खोजी गर्ने समय छ । आफूलाई धेरै लाभ नभए पनि दिगो योजना बन्नेछ । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम बन्न सक्छ । अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला । रोकिएका काम दोहोर्याउन सकिनेछ ।अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

फाइदाका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ । तत्काल चुनौती देखिए पनि अवसर खोज्ने समय छ । धेरै लाभ नभए पनि पछिका लागि काम गर्न सकिनेछ । शुभचिन्तकहरूले साथ दिनेछन्, गोपनीयतामा अलि सजग रहनुहोला । मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । घरमा सुख र समृद्धिको आगमन हुनेछ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । काममा आफन्त र साथीभाइबाट सक्दो सहयोग मिल्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्रोतसाधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ । पुरुषार्थले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउनेछ । ईर्ष्या गर्नेहरूलाई मिहिनेतको पाठ सिकाउन सकिनेछ । प्रयत्न गर्दा विभिन्न अवसर पनि प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अप्ठ्यारो परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला । व्यावहारिक समस्याले कामविशेष रोकिन सक्छ । चाँडै सक्नुपर्ने कामको चाप पनि बढ्न सक्छ । फाइदाका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ । तर, समयको मागलाई ध्यान दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । अध्ययनमा समय दिन नसकिएला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुनेछ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ । योजना तत्काल सार्वजनिक नगर्नुहोला । कृषिबाट सामान्य लाभ हुनेछ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । साझेदारीमा अरूको फाइदाका लागि उपयोग भइएला । शुभचिन्तकहरूले भने काममा साथ दिनेछन् ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

परिस्थिति अनुकूल बन्नाले नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले दिगो फाइदा दिलाउनेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल उठाउन सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अभिव्यक्ति तथा लेखनकलामा पनि निखारता आउनेछ । असल विचार र बुद्धिको उपयोगले विद्या, प्रसिद्धि र धन आर्जन हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । मिहिनेतले आम्दानीको स्रोत बढ्नेछ भने पछि फाइदा हुने काममा पनि सम्झौता गर्ने समय छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार ०६:४१