सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी जवानद्वारा कन्चटमा गोली हानी आत्महत्या

कर्णाली प्रदेशमा एक प्रहरी जवानले आत्महत्या गरेका छन् । सर्खेतमा गएराति ड्युटी बसिरहेको समयमा प्रहरी जवानले आफैँले कन्चटमा गोली हानी आत्महत्या गरेका हुन् । दार्चुलाको अपी नगरपालिका–६ का २६ वर्षीय कविन्द्र बिकले आत्महत्या गरेका हुन् ।

‘आफैँले बोकेको राइफलबाट दाहिने साइडको कन्चटमा गोली हानी आत्महत्या गरेको विवरण आएको छ,’ जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले भने, ‘आत्महत्याको कारण अहिलेसम्म पत्ता लागेको छैन । प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।’

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार ०९:११