सूचनाको शक्ति - The Power Of Information

        

दाँत दुखाइबाट बच्ने चार घरेलु उपाय

१. नुन–पानीले कुल्ला गर्ने

एक कप मन तातो पानीमा एक चम्चा नुन मिसाएर मुख कुल्ला गर्दा दाँत दुखेको निको गर्छ । नुन–पानीले मुखमा भएका फोहर खानेकुरा हटाएर सफा गरिदिनुका साथै दुखाइ निको गर्छ ।

२. ल्वाङको तेल राख्ने

दाँत दुख्दा ल्वाङको तेल राखेर घरमै उपचार गर्न सकिन्छ । तेल नभएको अवस्थामा ल्वाङको फुललाई नरिवलको तेलमा फुराएर त्यसको धुलो दाँत दुखेको ठाँउमा लगाउन सकिन्छ । यो तेलले दाँत बल्केको वा दुखेको कम गर्छ ।

३. तुलसी पत्ताको पेस्ट वा रस लगाउने

दाँत दुखाइ रोक्न तुलसी निकै प्रभावकारी मानिन्छ । एक मुठी तुलसीको पात टिपेर राम्रोसँग पखाली त्यसलाई मसिनो गरि पिसेको पेस्ट वा रस दुखेको ठाँउमा लगाउँदा दुखाइ निको गर्छ । तुलसीको रसले दाँत दुखाइबाट उत्पन्न हुने ज्वरोसमेत निको गर्छ । तुलसीको रसलाई कटनको कपडामा दलेर दुखेको ठाउँमा लगाउन सकिन्छ ।

४. निमपत्ता

ताजा निमको पातलाई पखालेर नुन मिसाई पिसेको लेदोलाई दाँत दुखेको ठाउँमा लगाउँदा निको गर्छ । निमको पातमा व्याक्टेरियाबिरुद्ध लड्ने गुणसमेत हुने भएकाले निमपत्ता दुखाइ कम गर्ने प्रभावकारी घरेलु उपाय हो । हरियो निमपत्ता नभएमा सुकेको पातलाई पानीमा पकाएर सो मन तातो पानीले कुल्ला गर्न सकिन्छ । दैनिक तीनपटक मन तातो पानीले कुल्ला गर्नुपर्छ । तर माथिका घरेलु उपायहरु गरिसकेपछि पनि दुखाइ कम नभएमा चिकित्सककहाँ जानुपर्छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार १०:११