सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

प्रेमपत्र

उसले प्रेमपत्रमा गुलाब राखेन, राख्यो त एक थान चुरोट ।

रातो गुलाबलाई
प्रेमको प्रतिकको रूपमा लिइन्छ
बिउबाट पनि उम्रिने
हाँगाबाट पनि उम्रिने
जसरी पनि उम्रेरै छोड्ने गुलाब
अनि जसरी पनि परी हाल्ने प्रेम
अहिले शब्दकोशमा पनि
पर्यायवाची शब्दको रूपमा लिइन्छ ।
उसले प्रेमपत्रमा गुलाब राखेन
राख्यो त एक थान चुरोट
अनि लेख्यो
मलाई तिमीलाई होइन
चुरोटलाई छोड्न मन छ
किनकि ओठलाई चुम्न
र नशाको लागि तिमी नै काफी छ्यौं ।
चुरोट रहेको
उसको आधुनिक र सापेक्ष प्रेमपत्र ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १३:४६