सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

चेतना

उनीहरूले आफ्नो लेख प्रकाशन नगरेको भए, भीडले पढ्ने अवसर गुमाउने थियो ।

उसको लेखाइमा जादु थियो
त्यसैले गर्दा भीड जम्मा भयो
लेख हेर्न
अनि त्यही भीडले अस्वीकार गर्यो
उसले लेखाइ छापेको
आफ्नो निजी स्वार्थको लागि ।
उसले के पायो
उसैलाई थाहा होला
तर उसको लेख हेर्न बसेका भीडले
पढाई पाए ।

लेख रचना विरोध गर्ने भीडले पनि
कसै न कसैको लेख पढेर नै
हुर्केका थिए
उनीहरूले आफ्नो लेख प्रकाशन नगरेको भए
भीडले पढ्ने अवसर गुमाउने थियो
त्यसैले उसको जादु भीडले नकार्यो
तर पनि हेर्न छोडेन ।

उसले ईश्वरको भक्ति गर्यो
अनि सोध्यो
‘के यही हो नशा भनेको ?’
तब ईश्वरले उसलाई भने
‘चेतना पनि नशा नै हो ।’
उसले काम नभएकालाई
बोल्ने काम प्रदान गर्यो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतवार १६:१३