सूचनाको शक्ति - The Power Of Information

        

पशुपंक्षीको कलेजो खाँदा स्वास्थ्यलाई फाइदा कि बेफाइदा ?

मासुमा रुची हुनेहरुका लागि पशुपंक्षीको मुटु, कलेजो, फोक्सो पनि निकै स्वाद लाग्ने गर्दछ साथै स्वास्थ्यका लागि पनि त्यतिकै लाभदायक मानिन्छ । यस्तो परिकार बनाउने काइदा पनि फरक हुन्छ ।

यद्यपी मन खोलेर भने खान हच्किन्छन् । कारण, यस्ता खानेकुराले स्वास्थ्यमा असर गर्छ कि भनेर । खासगरी कलेजोको सन्दर्भमा धेरैले डर मान्छन् । पशुपंक्षीको कलेजो धेरैको मनपर्ने परिकार हो ।

तर, यसको सेवन गर्दा हानी गर्छ भन्ने डर धेरैलाई छ । उनीहरुलाई लाग्छ, पशुपंक्षीको सबै रोग एवं विषक्त तत्व कलेजोमा जमेर बसेको हुन्छ । जब हामी कलेजो सेवन गर्छौं, साथसाथै त्यसमा रहेको विषाक्त तत्व पनि ।

कलेजोले कस्तो काम गर्दछ ?

  • कलेजोको काम शरीर विभिन्न प्रकारका विषादीलाई शरीरबाट निष्कासन गर्नु हो । यही कारण पनि मानिसहरुमा यस्तो भ्रम हुन स्वभाविक हो ।
  • कलोजोले शरीरमा जम्मा हुने विषाक्त तत्वलाई निष्कासन गर्ने भएपनि यसले सञ्चय गरेर राख्दैन । अर्थात विष कलेजोमा जमेर बस्दैन ।
  • उदाहरणका लागि, मदिरा सेवन गर्दा त्यसमा रहेको हानिकारक तत्वले कलेजोलाई क्षति गर्छ । तर, मदिराको विषाक्त तत्व कलेजोमा जमेर भने बस्दैन ।
  • बुझ्नैपर्ने अर्को कुरा त के पनि भने, विषाक्त रसायनहरुलाई शरीरबाट निष्कासन गर्नका लागि कलेजोले त्यस्ता रसायनलाई पानीमा घुलनसिल बनाउँछ । ती रसायनहरु रगत हुँदै मिर्गौलामार्फत पिसाबको माध्ययमबाट वाहिरिन्छन् । स्वास्थ्य परीक्षणमा रगत र पिसाब जाँच गर्नुको कारण पनि यही हो । यसबाट शरीरमा बन्ने र प्रवेश गरेका विषधीहरुको वारेमा पत्ता लाग्ने गर्छ ।

कलेजो एक ‘सुपरफुड’

  • समाजमा पनि कलेजोलाई उर्जा प्रदान गर्ने पदार्थको रुपमा लिइन्छ । त्यसैले मानिस कमजोर हुँदा कलेजो सेवन गरेको पाइन्छ ।
  • कलेजोमा प्रचुर मात्रामा पोषक तत्व हुन्छ । त्यसैले कलेजोलाई पोषणविद्हरुले ‘सुपरफुड’ पनि भन्ने गर्छन् ।
  • कतिपय रोग निको पार्नकै लागि पनि कलेजोको सेवन गरिन्छ । क्यान्सर, मुटु, टिबी जस्ता रोगबाट ग्रसित मानिसहरुले कलेजोको नियमित सेवन गर्नुपर्छ । यस्ता रोग निको पार्नका लागि कलेजोले विशेष भूमिका खेल्छ ।
  • कलेजोलाई यसलाई विभिन्न थेरापीमा पनि प्रयोग गरिदै आइएको छ । कलेजोको सेवनबाट गराईनेमध्येको एउटा थेरापी हो, ग्रेसन थेरापी । यस्तो थेरापीमा कलेजोलाई जुुसको रुपमा सेवन गराइन्छ ।
  • कलेजोलाई स्याउ र गाँजर भन्दा बढी पोषिलो खाद्यपदार्थको रुपमा लिइन्छ ।

भिटामिन बी–१२ अत्याधिक

  • विशेषगरी भिटामिन बी १२ को कमी साकाहारीमा हुने गर्छ । कलेजोमा भने यसको मात्रा अत्याधिक हुन्छ । भिटामिन बी १२ ले रक्त कोष निर्माणमा मद्दत गर्छ ।
  • भिटामिन बी १२ को कमिले रक्तअल्पताको समस्या निम्तन सक्छ । यो भिटामिनले शरीरको कोषहरुमा हुने डिएनएलाई उचित ढंगबाट काम गर्न प्रेरित गर्छ । त्यस्तै यसले मष्तिस्कको कार्यक्षमता चुस्त बनाउन, अल्जाइमरबाट बचाउन पनि महत्वपूर्ण भूमिका खेल्छ ।

अन्य भिटामिन

  • कलेजोमा भिटामिनबी ६, बायोटिन र फोलेट प्रचुर मात्रामा हुन्छ । फलेटको कमीले पनि रक्तअल्पता हुने गर्छ ।
  • खानाबाट शरिरमा प्रवेश गरेको भिटामिन ए कलेजोमा जम्मा भएर बस्ने गर्छ । जसलाई चाहिएको अवस्थामा पछिसम्म पनि प्रयोग गर्छ । त्यसैले हामीले कलेजो सेवन गर्दा सँगै भिटामिन ए पनि लिन्छौँ ।
  • भिटामिन एको कमीले हामी धेरैलाई थाहभएको काम भनेको यसले रतन्धोको समस्या निम्त्याउछ । यो भिटामिनले शरिरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ । यसले छालाको बृत्तिविकास गर्नुका साथै छालाई चमक दिने काम गर्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतवार १३:२६