सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती प्रदेश नं १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका एक-दुई स्थानमा बिहानी पख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकोले सचेत रहन जल तथा मौसम विज्ञान विभागको अनुरोध छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतवार ०६:२६