नेपालगन्ज बसपार्कभित्र निर्माणाधिन अवस्थामा रहेको टर्मिनल भवन ।
काशीराम शर्मा । बाँके । नेपालगन्जमा अत्याधुनिक बसपार्क निर्माणमा चरम लापरवाही देखिएको छ । नेपालगन्ज उपमहानगरपालिका–४, गणेशपुरमा निर्माणाधिन अत्याधुनिक बसपार्क निर्माण कार्यमा निकै सुस्त र चरम लापरवाही देखिएको हो । नेपालगन्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको हो ।
नेपालगन्ज बसपार्कभित्र निर्माणाधिन अवस्थामा रहेको टर्मिनल भवन ।
बसपार्क क्षेत्र हिलाम्मे र धुलाम्मे हुँदा अन्य व्यवसायीलाई समेत समस्या परेको छ । बसपार्क निर्माण नहुनुको सबैभन्दा बढी भार ट्राफिक प्रहरीलाई परेको छ ।
१५ महिनाभित्र निर्माण सक्ने गरी युनाइटेड बिल्डर्सले दुई वर्षअघि अप्रिल महिनामा जिम्मा लिएको थियो । अब्यवस्थित रुपमा संचालित नेपालगन्जको बसपार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउन १५ महिनाभित्र निर्माण सक्ने सम्झौता भएपनि सम्झौताअनुरुप निर्माण सम्पन्न नहुँदा पुन म्याद थप गरिएको थियो । ठेकेदार कम्पनीको लापरवाहीका कारण नेपालगन्जको यातायात व्यवस्थापनमा समेत समस्या देखिएको छ ।
निर्माण ढिलाइ भएपछि यातायात साधन पार्किङ गर्न, टिकट काउन्टर व्यवस्थापन गर्न र यात्रुलाई गाडी चढ्न तथा टिकट काट्न समस्या भएको छ । निर्माण कम्पनीले गत जुन महिनाभित्र काम सक्ने गरी १४ करोड ९४ लाखमा ठेक्का सम्झौता गरेको थियो । साढे चार बिघा क्षेत्रफलमा फैलिएको बसपार्कलाई आधारभूत सुविधायुक्त बनाउन निर्माण कार्य थालिएको थियो । बसपार्कभित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण गर्न थालिएको हो ।
नेपालगन्ज बसपार्कभित्र निर्माणाधिन अवस्थामा रहेको चमेनागृह ।
ट्राफिक प्रहरी पोष्ट बसपार्कका इन्चार्ज पुनले भन्छन्, ‘गाडी कहाँ पार्किङ्ग गराउने भन्नेमा हामीलाई तनाव हुन्छ । बसपार्क बनेको छैन, सडकको हालत उस्तै छ । ट्राफिकले गाडीहरुलाई व्यवस्थापन गर्न सकेन भनेर हामीले आरोप खेप्नुपर्छ ।’
निर्माण कम्पनीले मुख्य द्वार र पक्की पर्खाल निर्माणको समेत जिम्मा लिएको उपमहानगरपालिकाले जनाएको छ । बसपार्कको निर्माण कार्य सम्पन्न नहुँदा त्यस क्षेत्रमा निर्माण क्रममा जथाभावी माटो थुपारिँदा गाडी पार्किङमा समस्या भएको यातायात व्यवसायीहरुको गुनासो छ । बसपार्क क्षेत्र हिलाम्मे र धुलाम्मे हुँदा अन्य व्यवसायीलाई समेत समस्या परेको छ । बसपार्क निर्माण नहुनुको सबैभन्दा बढी भार ट्राफिक प्रहरीलाई परेको छ ।
‘यो बसपार्कबाट देशभर दैनिक करिब ५०० साना ठूला बसहरू बाहिरिने र भित्रिने गर्छन् । बसपार्क बनेको छैन, सडक उस्तै छ । कहाँ पार्किङ्ग गराउने ? त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा हामीलाई निकै संकट पर्ने गरेको छ,’ ट्राफिक प्रहरी पोष्ट बसपार्कका इन्चार्ज प्रकाश पुनले सत्यपाटीलाई भने । अधुरो बसपार्कसँगै पुष्पलाल चौक–बसपार्क सडक खण्डको स्तरोन्नती नहुँदा त्यसको सबैभन्दा बढि तनावमा ट्राफिक प्रहरी नै पर्ने गरेको छ ।
नेपालगन्ज बसपार्क समयमै निर्माण हुन नसक्दा अव्यवस्थितरुपमा पार्किङ्ग गरिएका गाडी ।
‘बसपार्क निर्माण सम्पन्न नहुँदा गाडी पार्किङ गर्न समस्या भएपछि नजिकैका खाली स्थानको प्रयोग गर्न थालेका छौं । टिकट काउन्टरसमेत भद्रगोल छन् । निर्माणका नाममा जथाभावी छ, यस्तो अवस्थामा कसरी यात्रुले सुरक्षित टिकट काट्न र हामीले बसपार्कबाट गाडी सञ्चालन गर्न सक्छौं ?’
ट्राफिक प्रहरी पोष्ट बसपार्कका इन्चार्ज पुनले भन्छन्, ‘गाडी कहाँ पार्किङ्ग गराउने भन्नेमा हामीलाई तनाव हुन्छ । बसपार्क बनेको छैन, सडकको हालत उस्तै छ । ट्राफिकले गाडीहरुलाई व्यवस्थापन गर्न सकेन भनेर हामीले आरोप खेप्नुपर्छ ।’ नेपालगन्ज–जाजरकोट रुटका गाडी चालक गोपाल महताराले निर्माणको गति हेर्दा बसपार्कको पूरै संरचना निर्माण हुन अझै कति वर्ष लाग्ने हो भन्ने अनुमान गर्न सकिँदैन ।
‘बसपार्क निर्माण सम्पन्न नहुँदा गाडी पार्किङ गर्न समस्या भएपछि नजिकैका खाली स्थानको प्रयोग गर्न थालेका छौं । टिकट काउन्टरसमेत भद्रगोल छन्,’ उनले सत्यपाटीलाई भने, ‘निर्माणका नाममा जथाभावी छ, यस्तो अवस्थामा कसरी यात्रुले सुरक्षित टिकट काट्न र हामीले बसपार्कबाट गाडी सञ्चालन गर्न सक्छौं ?’ सवारी साधनलाई पार्किङ्ग गर्न सहज हुने र यात्रीहरूलाई सुविधा सम्पन्न बसपार्कको अनुभव गराउन निर्माण गर्न लागिएको बसपार्क निर्माण कार्य निकै सुस्त छ ।
यही बैशाख ७ गते तीन महिनाका लागि दोस्रो पटक म्याद थप गरिएको छ । तर यो समयमा पनि निर्माण सम्पन्न हुने छाँट भने देखिँदैन । किनकी निर्माण सुरु भएको दुई वर्षमा जम्मा ३० प्रतिशत काम सम्पन्न भएको हुँदा अबको चार महिनामा निर्माण सम्पन्न हुने सम्भावना निकै न्यून रहेको छ ।
करिब २० वर्ष पुरानो बसपार्कले गाडी र यात्रुको चापलाई धान्नै नसकेकाले पश्चिम नेपालकै केन्द्रका रूपमा रहेको नेपालगन्जमा अत्याधुनिक बसपार्क निर्माणका लागि यातायात व्यवसायीहरुले पनि दबाव बनाउँदै आएका थिए । हरेक गाडीबाट दैनिक २० रुपैयाँदेखि सय रुपैयाँसम्म शुल्क उठाउँदै आएको बसपार्कमा अत्याधुनिक सेवा सुविधा दिन थालेपछि सेवा शुल्क बढाउने सहमति भइसकेको छ ।
यातायातका साधनबाट असूली हुने रकमबाट नै ऋण तिर्ने उपमहानगरपालिकाको योजना छ । नेपालगन्जमा नेपालकै उदाहरणीय र अत्याधुनिक बसपार्क बनाउने योजना सुरु भए पनि हालसम्म निर्माण कार्य पुरा नहुँदा बीचमै अल्झिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर सुरज गुप्ताले ठेकेदारले सम्झौताको अन्तिम समयमा मात्र काम गर्ने प्रवृत्तिले निर्माणमा समस्या भएको बताए ।
नेपालगन्ज बसपार्क समयमै निर्माण हुन नसक्दा अव्यवस्थितरुपमा राखिएका टिकट काउण्टर ।
इन्जिनियर गुप्ताले सत्यपाटीलाई भने, ‘समयमै ठेकेदारले काम नसकेकाले दोस्रो पटक म्याद थप गरिएको छ ।’ उनका अनुसार यही बैशाख ७ गते तीन महिनाका लागि दोस्रो पटक म्याद थप गरिएको छ । तर यो समयमा पनि निर्माण सम्पन्न हुने छाँट भने देखिँदैन । किनकी निर्माण सुरु भएको दुई वर्षमा जम्मा ३० प्रतिशत काम सम्पन्न भएको हुँदा अबको चार महिनामा निर्माण सम्पन्न हुने सम्भावना निकै न्यून रहेको छ । बसपार्कमा महत्वपूर्ण संरचना निर्माणलगायत ७० प्रतिशत काम अझै बाँकी छ ।
युनाइटेड बिल्डर्स कम्पनीका इन्जिनियर सुशीलचन्द्र पौडेलले दोस्रो सम्झौताको तीन महिनामा ४५ प्रतिशत काम सक्नुपर्ने सहमति भएको छ । उनले सत्यपाटीलाई भने, ‘हामीले यो तीन महिनामा प्रतिमहिना १५ प्रतिशतका दरले ४५ प्रतिशत काम सक्नैपर्ने बाध्यता छ । यदी सकिएन भने निर्माण कम्पनीले प्रतिदिन ०.५ प्रतिशत अर्थात प्रतिदिन करिब ७५ हजार जरिवाना तिर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।’ उनका अनुसार यही साउन ४ गतेसम्म निर्माण कार्य प्रगति ७० प्रतिशत पुर्याउनुपर्ने बाध्यता रहेकाले निर्माण कम्पनीले निर्माण कार्यलाई तीव्रता दिएको छ ।
युनाइटेड बिल्डर्स कम्पनीका इन्जिनियर सुशीलचन्द्र पौडेलले भने, ‘हामीले यो तीन महिनामा प्रतिमहिना १५ प्रतिशतका दरले ४५ प्रतिशत काम सक्नैपर्ने बाध्यता छ । यदी सकिएन भने निर्माण कम्पनीले प्रतिदिन ०.५ प्रतिशत अर्थात प्रतिदिन करिब ७५ हजार जरिवाना तिर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।’
अत्याधुनिक टर्मिनल भवनसहितको बसपार्क बनाउने योजना ठेकेदारको लापरवाहीका कारणसुस्त भएको बसपार्क निर्माणका लागि प्राविधिक रेखदेख तथा अनुगमन जिम्मा पाएको सेरा कन्सल्टेन्ट प्रालिका इन्जिनियर धर्मराज भट्टराईले सत्यपाटीलाई बताए । उनले भने, ‘पहिलो कुरा त ठेकेदारकै लापरवाही हो ।’ उनका अनुसार ठेक्का सम्झौताका क्रममा उपमहानगर र ठेकेदारबीच साइट क्लियर र पुराना संरचना भत्काउने विषय उल्लेख नहुँदा काम गर्ने क्रममा त्यसको जिम्मा कसले लिने भन्ने अन्यौलता भयो । त्यसले पनि काममा केही ढिलाई भयो ।’
इन्जिनियर भट्टराईले समयमै साइट क्लियर नहुनु, पुराना संरचनाहरु समयमै नभत्किनु र नाकाबन्दीका कारण सामान आपूर्तिमा ढिलाई भएका कारण निर्माण कार्य प्रभावित भएको बताए । ‘निर्माण कम्पनीले आवश्यकताअनुसार जनशक्ति परिचालन गर्न सकेन । हामीले पटकपटक ताकेता गरे पनि ठेकेदार पक्षले चासो नदेखाउँदा निर्माण लम्बिएको हो,’ भट्टराईले सत्यपाटीलाई भने, ‘अधिकांश महत्वपूर्ण संरचना निर्माण बाँकी छ । वर्षायाम सुरु भएकाले काम पूरा हुन केही समय लाग्ने देखिन्छ ।’
।