सूचनाको शक्ति - The Power Of Information

        

नुवाकोटमा बस दुर्घटना, तीन जनाको मृत्यु

फाइल तस्वीर

बिहीबार नुवाकोटमा बस दुर्घटना भएको छ । जिल्लाको विदुर नगरपालिका–४ बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङतर्फ जाँदै गरेको बस विदुरकै चैनपुरमा दुर्घटना भएको हो ।

बा २ ख ८४५ नम्बरको बस दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर दुई जना पुरुष र एक महिनाको मृत्यु भएको बताइएको छ । मृतकको पहिचान खुलेको छैन ।

दुर्घटनामा परेर २३ जना घाइते भएका छन् । घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन् । केही घाइतेलाई जिल्ला अस्पताल त्रिशूलीमा उपचारका लागि ल्याउने क्रम जारी छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार ०८:१९