सूचनाको शक्ति - The Power Of Information

        

‘युद्धभन्दा डरलाग्दो थियो ल्होत्से लुट’

नेपाली सेनामा १७ वर्ष सेवा गरेका धादिङ आगिनचोकका कृष्णबहादुर भट्टले तत्कालीन नेकपा माओवादीले राज्यसत्ताविरुद्ध सञ्चालन गरेको सशस्त्र युुद्धका क्रममा थुप्रै जोखिम बेहोरे ।

तर २०७९ फागुन १ गते माओवादीले देशमा जनयुद्ध दिवस मनाउँदै गर्दा काठमाडौं बालाजु बसपार्कछेउमा सशस्त्र युद्ध कालमा भन्दा ठुलो संकट आफूले झेल्नुपरेको उनले बताए ।

यातायात व्यवसायी र मजदुरले गरेको आन्दोलनका क्रममा उग्र समूहले ल्होत्से मलस्थित मोबाइल पसलको सटर फुटालेर लुटपाट गर्दाको क्षण सम्झँदा अहिले पनि उनको मन झसंग हुन्छ ।

‘नेपाली सेनामा १७ वर्ष जागिर गर्दा संकटकाललगायतका थुप्रै समस्या भोगियो,’ विगत १० महिनादेखि ल्होत्से मलमा सुरक्षागार्ड रहेका ५५ वर्षीय भट्टले भने, ‘सोमबार (फागुन १ गते) को घटना माओवादीको सशस्त्र युद्धभन्दा पनि डरलाग्दो थियो ।’

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार ०७:१७