सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान : तराईका केही भागमा हुस्सु र कुहिरो

हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो भने सुदूरपश्चिम प्रदेशका साथै प्रदेश एक र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश एकको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार ०७:२४