सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजारको ओरालो यात्रा जारी

 बुधबार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

निराशाजनक मौद्रिक नीतिका कारण लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारको गिरावट थामिन सकेको छैन ।

यो साताको सुरुवाती कारोबार दिनबाट सुरु भएको गिरावटले बुधबार पनि जारी रह्यो । बुधबार १३ अंकले ओरालो लागेको बजारमा अरु दिनको तुलनामा कारोवार रकम पनि घटेको छ ।

उत्पादन मूलक समूहमा ४८ अंकको वृृद्धि बाहेक अरु सबै उपसमूह ओरालो लागेका छन् । बुधबारको बजारमा सबैभन्दा बढी जिवन बिमा समूहमा १ सय १६ अंकको गिरावट आएको छ ।

१ सय ७६ कम्पनीको मूल्य घटेको बजारमा युनिलिभर नेपालका लगानीकर्ताले भने ८ प्रतिशत बढीले कमाएका छन् । बुधबार ३७ कम्पनीको शेयर मूल्य भने बढ्को छ ।

बुधबार २ सय ५६ कम्पनीको ४८ लाख कित्ता बराबर शेयर १ अर्ब ७३ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार १७:५३