सूचनाको शक्ति - The Power Of Information

        

श्रीमती यौन सम्पर्कबाट सन्तुष्ट भएको कसरी थाहा पाउने ?

तपाईंकी श्रीमती सन्तुष्ट नभएकै हो वा तपाईंलाई त्यस्तो लागेको मात्र हो भन्ने कुराअनुसार फरक–फरक समाधान हुन सक्छ । तपाईंकी श्रीमतीमा यौनेच्छा बढी भएको पनि हुन सक्छ । यो कुरा तपाईंहरूबीचको सम्बन्धको सुमधुरता मात्र होइन, शारिरीक तथा मानसिक स्थितिमा पनि भर पर्छ ।

महत्वपूर्ण कुरा के छ भने यौन सम्पर्कवाट मात्र महिलाले यौन सन्तुष्टि प्राप्त गर्ने होइन । महिलाले कसरी यौन सुख प्राप्त गर्न सक्छन् भन्ने कुरामा ध्यान दिने मात्र होइन, त्यसमा संलग्न पनि हुनुपर्छ । महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग ‘भगाङ्कुर’ बाहिरतिरै हुन्छ । त्यसलाई हात वा औंलाले चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ ।

योनि अर्को महत्वपूर्ण अङ्ग हो । यसको बाहिरतिरको भाग यौन संवेदनशील हुन्छ । योनिमा केही पसाई त्यसबाट घर्षण गराएर आनन्द प्राप्त गर्न सकिन्छ । स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य नयाँ प्रयोग गर्न सकिन्छ । यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ ।

यसले यौन सम्पर्कमा संलग्न दुवै जनालाई साथसाथै चरमसुख प्राप्त गर्न मद्दत गर्छ । दुवैले एकसाथ चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र यही नै हुनुपर्छ भन्ने पनि छैन । साथसाथै चरम सुख प्राप्त भएन भनेर पीर गर्नुपर्ने आवश्यता छैन, पालैपालो यौन चरमसुख प्राप्त गरे पनि हुन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार १८:०७