सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन ठप्प

 यातायात व्यवसायी तथा मजदुरहरूले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गराएका छन् ।

सोमबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको भन्दै यातायात नचलाउने घोषणा गरेका हुन् ।

१० बुँदे माग पूरा नभएसम्म यातायात ठप्प पार्ने विज्ञप्तिमा उल्लेख गरिएकाे छ । ट्राफिकले ५ पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध व्यावसायीहरुहले साेमबार काठमाडौंको बालाजु क्षेत्रमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले प्रहरीका दुई वटा भ्यानका साथै माछापोखरीस्थित अस्थायी प्रहरी विटमा आगजनी गरेका छन् । त्यस्तै प्रदर्शनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेका डिभाइडर, ट्राफिक प्रहरी उभिने आइल्याण्ड लगायतका संरचनामा समेत आगो लगाएका छन् ।

यसैबीच, आन्दोलनरत यातायात मजदुरसँग मंगलबार सरकारी अधिकारीहरुले वार्ता गर्ने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहान ८ बजे वार्ताका लागि बाेलाइएको यातायात विभागले जनाएकाे छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार ०८:१०