नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवस मनाएको छ । २८ औं वार्षिकोत्सवको सन्दर्भमा माओवादीले पार्टी कार्यालय पेरिसडाँडामा एक कार्यक्रम आयोजना गरि जनयुद्ध दिवस मनाएको हो ।
सो क्रममा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिद स्तम्भमा माल्यार्पण गरेका छन् । माओवादीले ०५२ फागुन १ गते सरकारविरुद्ध सशस्त्र द्वन्द्व सुरु गरेको थियो । त्यो करिब १० वर्षसम्म चलेको थियो ।
द्वन्द्वका क्रममा माओवादी, सर्वसाधारण नागरिक, प्रहरी, सेना गरी १७ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए । त्यसैको सम्झनामा फागुन १ गतेलाई माओवादी नेता–कार्यकर्ताले ‘जनयुद्ध दिवस’का रूपमा मनाउँदै आएका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं