सूचनाको शक्ति - The Power Of Information

        

‘मिस नेपाल’लाई छाडेर दोस्रो श्रीमती भित्र्याउने को हुन् जिपी ?

उषा खड्गीलाई प्रेरणाको स्रोत मानेर अगाडि बढ्नेहरू धेरै छन् । पूर्व मिसनेपाल, व्यवसायी, कार्यक्रम प्रस्तोता तथा महिलाहरूलाई आत्मनिर्भर बनाउन कदम चाल्ने एक चिरपरिचित नाम हो । तर तीनै खड्गीले सम्वन्धविच्छेदपछि अदालतले निर्धारण गरेको अंश नपाएको दाबी गरेकी छिन् ।

उषा खड्गी र गणेशप्रसाद तिमलसेना (जिपी तिमलसेना)बीच २०५९ साल वैशाख २६ गते धार्मिक परम्परा अनुसार मागी विवाह भएको थियो । यो दम्पतीको पहिलो सन्तानको रूपमा ०६२ सालमा छोरी र दोस्रो सन्तानको रूपमा २०७१ सालमा छोराको जन्म भएको छ । २०७५ सालदेखि मनमुटाब र बेमेलको अवस्था सिर्जना भएपछि खड्गीले २०७६ साल असार १८ गते भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी थिइन् ।

मुद्दा दर्ता भएको तीन वर्षपछि भक्तपुर जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले २०७९ साल जेठ २६ गते अन्तिम फैसला गर्दै अंश भागबण्डा गरी सम्बन्धविच्छेद गर्ने आदेश दिएका थिए । अदालतको आदेशमा गणेशप्रसाद तिमलसेनाको नाममा भक्तपुरमा रहेको घरको मूल्य एक करोड कायम गर्दै उक्त घरको चार भागको एक भाग खड्गीलाई दिनु भनेको छ ।

सम्वन्धविच्छेद गरेता पनि खड्की र तिमलसेना अहिले एउटै घरमा बस्दै आइरहेका छन् । छोराछोरीसहित बस्दै आइरहेकी खड्कीले अदालतको निर्णयअनुसार आफ्नो भाग लिएर अन्तै बस्ने चाहना गरे पनि सो सफल हुन सकेको छैन । तिमलसेनाले यही मङ्सिर १९ गते विवाह गरेर ल्याएकी श्रीमती पनि सोही घरमा बस्दै आएकी छन् ।

दुई परिवार एउटै घरमा बस्न नसक्ने भन्दै खड्की अदालतको निर्णय कागजमा मात्र भयो सम्बन्धविच्छेद भएको ६ महिनासम्म पनि अंश नपाएको गुनासो गर्छिन् । स्रोतका अनुसार बेहुली लिएर तिमलसेना र खड्गीको भेट घरअगाडिको आगनमा भएको हो । स्रोतका अनुसार जिल्ला अदालतको आदेशमा चित्त न बुझेपछि तिमलसेना उच्च अदालत गएका छन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतवार १७:१०