सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

भौतिकताको अभावमा सेरिँदा…

चोखो प्रित दिएर गयौं, मिठो गित दिएर गयौं,
उत्तरार्धमा ढल्किँदा जीवन, जीउने सीप दिएर गयौं,

पोखिँदा रहरहरू बिहानीमा, आत्मसन्तोषको शित दिएर गयौं,
एक्लो हुँदा आफन्तकै भिडभाडमा, मनलाई मित दिएर गयौं,
निरासामा बल्झिँदा जीवन, जीउने सीप दिएर गयौं ।

नजहरूले बिरानोपन देखाउँदा, सामिप्यताको रित दिएर गयौं,
भौतिकताको अभावमा सेरिँदा, सम्झौताको निब दिएर गयौं,
मझधारमा अल्झिँदा जीवन, जीउने सीप दिएर गयौं ।

बनिरहँदाका सम्बन्धहरू नै रमिते, साहसको दिप दिएर गयौं,
असफलको सूचीमा गनिँदा, आत्मसन्तोषको जीत दिएर गयौं,
दोधारमा सल्किँदा जीवन, जीउने सीप दिएर गयौं ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतवार १६:३७