सूचनाको शक्ति - The Power Of Information

        

के वीर्य स्खलनपछि शरीर कमजोर र लिंग फ्र्याक्चर हुन सक्छ ?

वीर्य स्खलनपछि शरीर कमजोर हुँदैन । वीर्यमा प्रोटिन हुने कुरा सही हो, तर, यो अति नगण्य मात्रामा हुन्छ । तुलनात्मक रुपमा जटि प्रोटिन शरीरले ग्रहण गर्छ, त्यसको तुलनामा वीर्य स्खलनबाट निस्किएको प्रोटिनको मात्रा नगण्य हुन्छ । एक या दुई दाना बदाम खानाले नै वीर्यबाट निस्किएको प्रोटिनको दुईगुणा प्रोटिन शरीरले पाउछ ।

के लिंग फ्र्याक्चर हुन सक्छ ?

हो, लिंग फ्र्याक्चर हुन सक्छ । जब लिंगका तन्तुहरु चुडिन्छन्, त्यसलाई पेनाइल फ्रयाक्चर भनिन्छ । विशेषज्ञका अनुसार बढी उत्तेजित भएर गलत ढंगबाट सेक्स गर्दा पेनाइल फ्रयाक्चर हुन सक्छ । लिंगमा अचानक चोट लाग्दा पनि यस्तो हुन्छ । लिंगभित्र दुईवटा नली हुन्छन्, जो मांसपेशीको बीचमा हुन्छ ।

सेक्सको समयमा यो मांसपेशी कडा हुन्छ । त्यतिखेर यो मांसपेशीमा तनाव हुन्छ । यस्तो स्थितिमा तन्तुमा आघात पुग्यो भने चुडिन्छ र त्यसक्रममा हल्का रगत पनि निस्कन्छ । लिंग सुन्निन्छ र निलो हुन्छ । यस्तो अवस्थामा लिंगमा असह्य पीडा हुन्छ । लिंगलाई जबर्जस्ती बटार्दा पनि पेनाइल फ्रयाक्चर हुन्छ ।

सम्भोगको महिला माथि हुने आसनमा पनि पेनाइल फ्रयाक्चर हुने सम्भावना हुन्छ । पेनाइल फ्रयाक्चरको एकमात्र समाधान अपरेशन हो । यौन चिकित्सकका अनुसार अपरेशन पछि पुरुष फेरि सेक्स गर्न सक्षम हुन्छ । यदि समयमै औषधि गरिएन भने पछि यसले गम्भीर रुप पनि लिन सक्छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतवार १६:१०