नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालमा बिरामीहरु अलपत्रमा परेका छन् । ट्रमा सेन्टरका एक चिकित्सकमाथी सुरक्षाकर्मीले हातपात गरेको बिरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलपत्रमा परेका छन ।
स्याङजका एक बिरामी रामेश्वर न्यौपाने भन्छन, ‘अस्पतालमा उपचारका लागि आइयो तर यहाँ तालाबन्द छ, अब कसरी उपचार गर्नु ? अलपत्र परियो ।’ सरकारले सो घटनामा संलग्न एक बरिष्ठ प्रहरी हवल्दारलाई निलम्बन गरेको घोषणा गरिसक्दा पनि चिकित्सक संघले अझै आन्दोलन फिर्ता लिएको छैन ।
उक्त घटनामा सिंहदवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बिहानैदेखि सरकार र चिकित्सिक संघका पदाधिकारीबीच वार्ता भने भइरहेको छ । स्वास्थ्य मन्त्रालयले शनिबार नै विज्ञप्ती जारी गर्दै अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको थियो ।
सत्यपाटी संवाददाता । काठमाडौं