सूचनाको शक्ति - The Power Of Information

        

क्यानडाको आकाशमा उडिरहेको अज्ञात वस्तु गोली हानेर खसालियो

क्यानाडाको आकाशमा देखिएको अज्ञात वस्तुलाई गोली हानेर खसालिएको छ ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उत्तर अमेरिकी आकाशमा देखिएको अज्ञात वस्तुलाई गोली हानी खसालेको पुष्टी गर्नुभएको हो । खसालिएको वस्तुको भग्नावशेष संकलन गरी अनुसन्धान थालिने पनि प्रधामनन्त्री ट्रुडोले बताउनुभएको छ ।

क्यानाडाको उत्तरी क्षेत्रको आकाशमा केही दिनदेखि उडिरहेको वस्तुको पिछा गरी गोली हानेर खसालिएको हो । त्यसअघि प्रधानमन्त्री ट्रुडोले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग सल्लाह गर्नुभएको थियो ।

गत साता अमेरिकी आकाशमा उडिरहेको चिनियाँ जासुसी बेलुन अमेरिकी सेनाले खसालेको थियो ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतवार ०८:४४