सूचनाको शक्ति - The Power Of Information

        

नाइटोमा तेल लगाउँदा हुनेछ चमत्कारी फाइदा !

मानव शरीरमा हरेक अंगको अहम भूमिका रहन्छ । यदी कुनै अंगले काम गरेर भने निकै समस्या हुने गर्दछ । शरीरको कुनै भागमा यदी कुनै समस्या छ भने त्यसबाट राहत पाउनका लागि हामीले कयौँ उपाय अप्नाउने गरेका हुन्छौँ ।

शरीरको हरेक भागको एक सेन्टर पोइन्ट हुने गर्दछ । त्यस स्थानमा यस्ता केही उपाय अप्नाउँदा कयौँ फाइदा प्राप्त हुने गर्दछन् । आज हामी तपाईलाई नाइटो (नाभी)मा तेल लगाउँदा हुने फाइदाका बारेमा जानकारी दिदैछौँ ।

मानिसको हरेक भाग नाभीसँग जोडिएको हुन्छ । जसबाट हामीले शरीरका कयौँ पीडा हटाउन सक्दछौँ । राति सुत्नुअघि नाभीमा गाईको घ्यू वा नीमको तेल, सरसोको तेल, बदामको तेल, नरिवलको तेल अथवा अन्य कुनै तेल राख्दा चमत्कारी फाइदा हुने गर्दछ ।

आज हामी तपाईलाई यसका फाइदाका बारेमा जानकारी दिदैछौँ । नाभीमा थोरै घ्यू वा तेल राख्दा स्किनमा नमी बनी रहन्छ । साथै अनुहार ग्लो हुने गर्दछ । स्किनको सुख्खापना हटाएर अनुहारमा चमकता बढाउने गर्दछ । यसो गर्दा कपाल झर्ने समस्या हट्ने गर्दछ र कपाल बलियो र चमकदार हुने गर्दछ ।

तपाईको जोर्ने दुख्ने समस्या छ भने त्यसबाट छुटकारा मिल्ने गर्दछ । अनुहारका अनावश्यक दाग, धब्बा हटाउने र डण्डिफोरको समस्याबाट मुक्ति मिल्दछ । ओठलाई नमी बनाइराख्छ । जसका कारण ओठ फुट्ने समस्या हट्ने गर्दछ । यसले पेट दुख्ने तथा पेटसम्बन्धी अन्य समस्याबाट मुक्ति दिलाउने गर्दछ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार १०:५१