सूचनाको शक्ति - The Power Of Information

        

आज २०७९ माघ २८ गते शनिवारको राशिफल

२०७९ माघ २८ गते, शनिवार, ११ फेब्रुअरी २०२३ । फाल्गुण कृष्णपक्ष षष्ठी तिथि । चित्रा नक्षत्र । चन्द्रराशि– कन्या, १०ः१५ बजेपछि तुला ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । तर, विवादास्पद क्षेत्रमा हात हाल्नाले केही समस्या पनि आउन सक्छन् । निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्न सक्छ । प्रेम र दाम्पत्यमा पनि असमझदारी बढ्न सक्छ । सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । काममा साथीभाइको सहयोग जुट्नेछ । सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । विश्वासपात्रले समेत धोका दिनेछन् । योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । मिहिनेतले उपलब्धि दिलाउनेछ । लेनदेनको हिसाबमा होसियार रहनुहोला । ठूलो उपलब्धि नभए पनि पहिलेको साख जोगाउन सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

गोप्यता बाहिरिनाले समस्या आउला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला । अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ । अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । फाइदा लिन समय प्रतीक्षा गर्नुपर्ला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । ईर्ष्या गर्नेहरूले सताउन सक्छन् । श्रमको पूरा मूल्य प्राप्त नहुने परिस्थिति देखिन्छ । तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । नयाँ काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । नियमित काम भने बन्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सानो कमजोरीले विवाद निम्त्याउन सक्छ । आलोचकहरूले दुःख दिनेछन् । व्यवहारले सबैलाई समेट्ने प्रयास गर्नुहोला । काम रोकिने सम्भावना देखिएकाले योजना गोप्य राखेर अघि बढ्नुहोला । सद्व्यवहारले समस्या टर्न सक्छ । मिहिनेतले आँटेको काम बन्नेछ । अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन् । सोखले खर्चको मात्रा भने बढाउन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । समाजमा आफ्नो प्रभाव पनि बढ्ने समय छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । छर–छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला । आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । बेलैमा होस नपुग्नाले फाइदा गुम्ने देखिन्छ । करकापमा परी काममा जुट्नुपर्ने वा विशेष निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । चिताएको काम बन्नेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

विभिन्न अवसर प्राप्त भए पनि अरूका लागि बुद्धि र समय खर्चनुपर्ला । परिस्थितिवश आँटेको काम रोकिन सक्छ । सहयोगीहरूले भने साथ दिनेछन् । प्रतीक्षा गरिएको उपलब्धि आंशिक भए पनि प्राप्त हुनेछ । सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ । तर लक्ष्यमा पुग्न समय लाग्नेछ । राम्रै मूल्य प्राप्त भए पनि मेहनतको फलमाथि अरूले समेत दाबी गर्न सक्छन् ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

परिस्थितिवश चिताएको काम रोकिन सक्छ । धेरै समय सामाजिक काममा जुट्नुपर्ला । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । तत्काल फाइदा नहुने काममा जुट्नुपरे पनि उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । सम्भावना देखिए पनि उपलब्धि थोरै देखिनेछ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । कामको लाभांश भने पाइनेछ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार ०७:३९