सूचनाको शक्ति - The Power Of Information

        

यस्ता छन् जिल्लाको कमाण्ड सम्हाल्ने सीडीओ महिला

प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा महिलाको प्रतिनिधित्व निकै कम छ । तर, पहिल्लो समय जिल्ला हाँक्ने महिलाको संख्या बढ्दै गइरहेको छ ।

यसअघि सानो संख्यामा महिला सीडीओले जिल्लाको कमाण्ड सम्हाल्ने मौका पाए पनि यसपटक भने देशका विभिन्न जिल्लामा एकैपटक ९ महिला सीडीओ खटिएका छन् ।

गृह मन्त्रालयले ताप्लेजुङ, धनकुटा, मनाङ, सुनसरी, सिन्धुली, बाग्लुङ, अर्घाखाँची, ओखलढुंगा र डोटीमा पहिलो पटक महिला सीडीओ खटाएको हो ।

एकैपटक ९ जना महिला सहसचिव र उपसचिवले पहिलो पटक जिल्लाको कमाण्ड सम्हाल्ने मौका पाएको गृह प्रवक्ता जितेन्द्र बस्नेतले बताए । उनका अनुसार मापदण्ड पुगेका र सक्षम महिलालाई सीडीओ बनाइएको हो ।

ताप्लेजुङमा गोमादेवी चेम्जोङ, धनकुटामा लीलाकुमारी केसी पाण्डे, ओखलढुंगामा प्रदर्शनी कुमारी, मनाङमा सुप्रभा खनाल ढुंगेल र अर्घाखाँचीमा मीना अर्यालले जिल्लाको कमाण्ड सम्हालेका छन् ।

त्यस्तै, सुनसरीमा हुमकला पाण्डे, सिन्धुलीमा सुनिता नेपाल, बाग्लुङमा रोशनीकुमारी श्रेष्ठ र डोटीमा कल्पना श्रेष्ठ सिडिओ छन् । नेपालमा पहिलोपटक उषा नेपाल महिला सीडीओ बनेकी थिइन् । उनी ०४७ सालमै पहिलोपटक भक्तपुरको महिला सिडिओ बनेकी हुन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार १४:३२