सूचनाको शक्ति - The Power Of Information

        

कलाकार पदमप्रसाद पौडेलको निधन

वरिष्ठ कलाकार पदमप्रसाद पौडेलको निधन भएको छ ।

पौडेलको ९२ वर्षको उमेरमा निधन भएको हो । पौडेल लामो समयदेखि दमको रोगबाट पीडित थिए । उनको मंगबार दिउँसो निधन भएको अभिनेता एवं चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का जानकारी दिएका हुन् ।

अध्यक्ष खड्काको अनुसार मंगबार साँझ पशुपति आर्यघाटमा पौडेलको पार्थिव शरिरको अन्त्येष्टि गरिने छ ।

पौडेलले ऐना झ्यालको पुतली, नालापानी, रिसानी माफ, उपद्रो जस्ता धेरै चलचित्रहरुमा काम गरेका थिए ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार १८:२५