सूचनाको शक्ति - The Power Of Information

        

जुम्लामा आगलागी, एक जनाको मृत्यु

जुम्लाको चन्दननाथ नगरपालिका -१ ठिन्केमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ।

चन्दननाथका लोकबहादुर भण्डारीको घर आगलागी भएको हो। मृत्यु हुनेमा १६ वर्षकी वन्दना भण्डारी रहेको प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

घरभित्र सुतिरहेको अवस्थामा आगलागी हुँदा उनको मृत्यु भएको हो। राति १२ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए ।

आगलागीबाट भएको क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार ०८:४०