सूचनाको शक्ति - The Power Of Information

        

रवि लामिछानेका समर्थकले जलाए कान्तिपुर पत्रिका

पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका समर्थक विरोधमा उत्रिएका छन् । उनीहरुले आज बिहानै कैलालीको सुखड चोकमा पत्रिका जलाएका छन् ।

सांकेतिक विरोधस्वरुप पत्रिका जलाइएको समर्थकहरुले जनाएका छन् । लामिछानेविरुद्ध समाचार लेखेको भन्दै उनका समर्थकहरु सांकेतिक विरोधमा उत्रिएका हुन् ।

आइतबार पत्रकार सम्मेलन गरेर लामिछानेले आफूहरूविरुद्ध १२ भाइ लागिरहेको अभिव्यक्ति दिएका थिए । लामिछानेले कान्तिपुर पत्रिका शृङ्खलाबद्ध रुपमा आफ्नो छवि बिगार्न लागेको आरोप लगाएको भोलिपल्टै युवाहरुले पत्रिका जलाएका हुन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार १२:१९