सूचनाको शक्ति - The Power Of Information

        

सञ्चारमाध्यममाथि रविकाे आक्राेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मिडियामाथि आक्राेश पाेख्नु भएकाे छ ।

पार्टी कार्यालयमा आयाेजित पत्रकार सम्मेलन उहाँले १२ भाइ पत्रकारले एकपछि अर्कोगर्दै आफूलाई खेदेको बताउनु भएकाे छ ।

उहाँले भन्नुभयाे , ‘मेरो अपराध के हो ? १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे।’ उहाँले आफूलाई खासगरी मिडियाले नै चारैतिरबाट प्रहार गरेको दाबी गर्नुभयाे ।

रविले केही मिडिया र सम्पादकको नाम लिँदै क्षमता भए आफूविरुद्ध चितवनमा चुनाव लड्न आउन चुनौतीसमेत दिनुभएकाे छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतवार १८:११