सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रियसभा उपाध्यक्षका लागि उर्मिला अर्यालको उम्मेदवारी दर्ता

रष्ट्रियसभा सदस्य उर्मिला अर्यालले राष्ट्रियसभा उपाध्यक्षको सोमबार हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् । अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ, देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेको संसद सचिवालयले जनाएको छ ।

भोली सोमबार हुने निर्वाचनका लागि संसद सचिवालयले आज आइतबार उम्मेदवारी दर्ताको समय तय गरेको थियो । नेपाली कांग्रेसले यसअघि नै उम्मेदवारी नदिने निर्णय गरिसकेको छ । त्यसैले अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध हुने सम्भावना छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतवार १४:२४