सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

आशीर्वाद नटुटोस् कहिल्यै

आफ्ना बचन र कदममा कहिल्यै पछुताउनु नपरोस्, भविष्यले कृतज्ञता जनाउँदै तिम्रो स्वागत गरोस् ।

ब्रह्माण्ड र पितृहरूको आशीर्वाद नटुटोस् कहिल्यै,
सकारात्मक मनका मान्छेहरूको साथ नछुटोस् कहिल्यै ।

हर दिन सुखमय, शान्तिमय, उल्लासमय रहोस्
सदा जीवन्त जीवन जीउनुको अनुराग नगुमोस् कहिल्यै ।

सदा अरूका ओंठमा हाँसो ल्याउने प्रयास गर्नु,
हृदयमा रहनेलाई हरपल सुख दिने ब्यवहार गर्नु ।

मान सम्मान दया माया र मानवतालाई अंगाल्नु सदा,
तनलाई भन्दा मनलाई शान्ति दिने कार्य गर्नु ।

बिगतले तिमीलाई धन्यवाद दिँदै बिदाई गरोस्,
वर्तमानले आभारी हुँदै तिमीलाई आत्मसात गरोस् ।

आफ्ना बचन र कदममा कहिल्यै पछुताउनु नपरोस्,
भविष्यले कृतज्ञता जनाउँदै तिम्रो स्वागत गरोस् ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतवार ०८:५८