सूचनाको शक्ति - The Power Of Information

        

अभिनेत्री जेविका कार्कीले गरिन् प्रेमी मनोजसंग इन्गेजमेन्ट

अभिनेत्री तथा मोडल जेविका कार्कीले इन्गेजमेन्ट गरेकी छन् ।

प्रेमि मनोज जोशीसंग उनले इन्गेजमेन्ट गरेकी हुन् । पेप्सीकोलास्थित कार्कीको निवासमा सम्पन्न इन्गेजमेन्टमा नजिकका आफन्त र साथिभाइहरुको उपस्थिति थियो ।

जेविका र मनोजको विवाह फागुन ४ गतेलाई जुरेको छ । भने ७ गते रिसेप्सन पार्टीको आयोजना गरिएको छ । मनोज फिल्म निर्माण नियन्त्रक हुन् ।

साथै मनोजले ‘क्लासिक’, ‘पर्व’, ‘कृ’, ‘प्रसाद’, ‘गोर्खे’, ‘षट्कोण’ र ‘प्रकाश’ जस्ता फिल्ममा निर्माण नियन्त्रकको काम गरिसकेका छन् । जोशी म्युजिक भिडियोमापनि उतिक्कै सक्रिय छन् ।

भने जेविकाले `जन्मभूमि ‘पर्व’, ‘कारखाना’ र ‘जयश्री दाम’ ,‘हिजो आजका कुरा’ मा अभिनय गरेकी छ्न् ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १७:४५